राज्यमन्त्री दुगड र यूएईका उर्जा मन्त्रीबीच भेटवार्ता,राज्यमन्त्रीद्वारा लगानीका लागि आव्हान

उज्यालो प्रतिनिधि ५ फाल्गुन २०७६, सोमबार समाचार

सुर्य खवास, युएई । नेपाल सरकारका उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएकाे युएईकालागी नेपाली राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटघाटको अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुको चर्चा गर्दै दुई मुलुकहरुले जलविद्युत, नविकरणिय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो ।

माननीय राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत, उर्जा लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउदै युएई सरकार र निजि क्षेत्रलाई नेपालमा लगानीको लागि आव्हान गर्नुभएको थियो । साथै राज्यमन्त्री दुगडले नेपालले राजनैतिक स्थायित्व प्राप्त गरे सँगै प्राथमिकताको क्षेत्रको रुपमा दिगो आर्थिक वृद्धि र विकास रहेको बताउनु भएको थियो भने युएईका उर्जा तथा उद्योग मन्त्रीले उर्जाको एक महत्वपूर्ण स्रोत जलविद्युत रहेको उल्लेख गर्दै नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेकोले त्यसमा लगानी भित्र्याउन ठोसरुपमा पहल गर्नुपने बताउनु भएको थियो ।

माननीय राज्यमन्त्री दुगड दुबईमा आयोजना हुनगैरहेको एक्सपो २०२० का प्रतिनिधिहरु सँग भेटघाट तथा उक्त एक्सपोमा निर्माणाधीन नेपाल पेभिलियनको निरिक्षणका लागि युएई आउनु भएको हो ।

उक्त भेटघाटमा युएईका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल लगायत दूतावासका उच्छ अधिकारिहरुको समेत सहभागिता रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार