काठमाडौं । डिल्लीबजार कारागारबाट बाहिरिँदै निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
छोटो प्रतिक्रिया दिँदै उनले सबैप्रति धन्यवाद प्रकट गरेका हुन् । ‘मलाई न्याय दिलाउने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु । कारागारमा रहदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु । अरु कुरापछि गरौंला’ उनले भने ।