दिल्लीको विकासका लागि आफूलाई प्रधानमन्त्री मोदीको आशिर्वाद लिन चाहन्छु : केजरीवाल

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०७६, आईतवार प्रवास

नयाँ दिल्ली । भारतको दिल्ली विधानसभा निर्वाचनमा भारी बहुमत हासिल गरेको आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार मुख्यमन्त्री पदको सपथ लिएका छन् । उनी तेस्रो पटक दिल्लीको मुख्यमन्त्री भएका हुन् ।

आइतबार दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले सपथ लिएका हुन् । केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्री पदको सपथ लिएका छन् । केजरीवालले अघिल्लो मन्त्रिपरिषदलाई नै निरन्तरता दिएका छन् ।

केजरीवालले सपथ ग्रहण समारोहमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निमन्त्रण गरेका थिएनन् । सामान्यतया, कुनै पनि राज्यको मुख्यमन्त्रीको सपथ समारोहमा अन्य राज्यका मुख्यमन्त्रीहरुलाई निमन्त्रणा गर्ने प्रचलन छ ।
विधानसभा निर्वाचनअघि केजरीवालले राजनीतिक मुद्दामा निशाना बनाउँदै आएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने सपथ समारोहमा बोलाइएको थियो । यद्यपि मोदी उक्त समारोहमा सहभागी भएनन् ।

मोदीप्रति नरम भए केजरीवाल ?
सपथ ग्रहणलगत्तै केजरीवालले मुख्यमन्त्रीका रुपमा सम्बोधनसमेत गरे । उनले निर्वाचनमा कसको जित र कसको हारभन्दा पनि सिङ्गो दिल्लीको जित भएको दावी गरे ।

उनले निर्वाचनमा कसैले आफ्नो पार्टीलाई भोट दिए पनि, नदिए पनि आफू सबैको मुख्यमन्त्री भएको जिकिरसमेत गरे । ‘कसैले भोट दिनुभयो होला, कसैले दिनुभएन होला, चुनाव सम्पन्न भइसक्यो, अब पार्टीका आधारमा भेदभाव हुनु हुँदैन, म सबैको मुख्यमन्त्री हुँ ।’

चुनावका बेलामा भएका प्रतिश्पर्धा, बहसहरु अतीत भइसकेको उनले बताए । ‘हाम्रा विरोधीहरुले हाम्रोबारेमा जे भन्नुभयो, हामीले त्यसलाई माफ गरिसकेका छौँ, अब म सबै पार्टीसँग मिलेर, केन्द्र सरकारसँग मिलेर दिल्लीलाई अघि बढाउने दिशामा काम गर्न चाहन्छु ।’

उनले दिल्लीको विकासका लागि आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आशिर्वाद चाहिएको बताए । आफू सबैसँग मिलेर काम गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

आफूले सपथ समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेको जिकिर गर्दै केजरीवालले भने, ‘सायद उहाँ कुनै अर्को महत्वपूर्ण कार्यक्रममा व्यस्त हुनुभयो होला, तर म यो मञ्चका माध्यमबाट दिल्लीको विकासका लागि प्रधानमन्त्रीजी र केन्द्रीय सरकारको आशिर्वाद चाहन्छु ।’

दिल्ली विधानसभाका लागि ८ फेब्रुअरीमा भएको मतदानमा विधानसभाको ७० सिटमध्ये आम आदमी पार्टीले ६२ सिटमा जित हासिल गरेको छ । भारतीय जनता पार्टी ८ सिटमा विजयी भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार