‘खप्पर फोर्ने’ च्यालेन्ज टिकटक ट्रेण्डिङमा

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०७६, आईतवार प्रविधि

सर्ट भिडियो मेकिङ एप टिकटकमा पछिल्लो समयमा एक नयाँ खतरनाक च्यालेन्ज ट्रेण्डिङ बनिरहेको छ ।

ट्रिपिङ्ग जम्प अर्थात् स्कल ब्रेकर भनिने उक्त अनौठो स्पर्धा विश्वका धेरै ठाउँमा विद्यालय तथा अभिभावकहरूका लागि टाउको दुखाइको विषय बनिसकेको छ । टिकटकको यो खतरनाक खेलका कारण अहिलेसम्म केही किशोर किशोरी विद्यार्थीहरू घाइते बनिसकेका छन् ।

युरोप तथा अमेरिकाका विभिन्न ठाउँका स्कुले विद्यार्थीहरूले टिकटकको यो च्यालेन्जमा भाग लिएका जोखिमपूर्ण भिडियोहरू टिकटकमा भाइरल बनिरहेका छन् ।

टिकटकमा भाइरल बनिरहेको यो च्यालेन्जमा तिनजना मानिसहरू लहरै उभिन्छन्, एकजना बीचमा र अरु दुईजना उसको दायाँ बायाँ । त्यसपछि बीचमा रहेको मानिस माथि उफ्रिन्छ र त्यो बेला दायाँ बयाँ रहेका मान्छेले उसको खुट्टामा लात्ताले हिर्काउँछन् । यसो गर्दा उफ्रिने व्यक्ति भुइँमा पछारिन्छ ।

उफ्रिने मानिस भुइँमा पछारिने भएकैले यो च्यालेन्जलाई स्कल ब्रेकर अर्थात् खप्पर फोर्ने च्यालेन्ज पनि भनिएको हो ।

युरोप र दक्षिण अमेरिकामा विद्यार्थीहरूबीच टिकटकको यो च्यालेन्जमा सहभागी भई ज्यानै जोखिममा पार्ने क्रम बढेपछि कतिपय विद्यालयहरूले अभिभावकका लागि चेतावनी नै जारी गर्नुपरेको बताइएको छ ।

डाक्टरहरूका अनुसार यो च्यालेन्ज निकै जोखिमपूर्ण छ र यसमा भुइँमा पछारिने व्यक्तिको सरीरका जुनसुकै हड्डी भाँचिने तथा जिउमा चोटपटक लाग्ने जोखिम हुन्छ ।

एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार