कोरोना भाइरसका कारण मृतकको संख्या १ हजार ६६५,संक्रमित हुनेको संख्या ६८ हजार

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०७६, आईतवार प्रवास

काठमडौं । कोरोना भाइरसका नयाा संक्रमितको संख्यामा संख्यामा लगातार तेस्रो दिन गिरावट आएको चीनले बताएको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखाउन थालेको अधिकारीहरुले बताएका छन् ।

सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ भने मृतकको संख्या एक हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० संक्रमित भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकएक जनाको मृत्यु भएको छ ।

चीनको नेशनल हेल्थ कमिसनका प्रवक्ता मि फाङले भने, ‘कोरोना भाइरसको प्रसार रोक्न चीनले जुन उपाय अपनाएको छ, त्यसको प्रभाव देखिन थालेको छ ।’

आइतबार अधिकारीहरुले २ हजार ९ जना संक्रमित थपिएको र थप एक सय ४२ जनाको मृत्यू भएको तथ्यांक प्रस्तुत गरे । तर, यसअघि कति थियो र कति अनुपातमा घट्यो भन्ने चाहिा स्पष्ट गरिएको छैन । गणनाविधिमा परिवर्तन पनि संक्रमित र मृतक संख्या ह्वात्तै बढेको देखिएको थियो तर अहिले घटेको छ ।

गत शनिबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पनि चीनले प्रकोप नियन्त्रणमा चालेको कदमको सह्राहना गरेको छ । चीनमा अहिले पनि लाखौं जनसंख्यालाई उच्च निगरानीमा राखिएको छ । उनीहरुलाई निर्वाध हिाडडुल गर्न अनुमति दिइएको छैन ।

चीनका विदेशमन्त्री वाङ यीले हुबेईभित्र संक्रमितको संख्या घट्नुका साथै सन्चो भएका बिरामीको संख्या बढेको जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार