फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता ” पहिचान सहितको संघीयता का लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगार का लागि प्रथम युएई सम्मेलन ” भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो ।
आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषद का अध्यक्ष जि .एस गुरुङ को प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ खेलकुद विभाग का केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सदस्य रेखा लोप्चन तामाङ को उपस्थितिमा दिपक थापा मगरको अध्यक्षता मा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।
अध्यक्ष :- दिपक थापा मगर
उपाध्यक्ष :- विष्णु कुमारी गुरुङ
” :- पाल्तेन तामाङ
” :- अजय चाम्लिङ राई
महासचिव :- गोपाल श्रेष्ठ
सह:सचिव :- सृजना लिम्बू
सह:सचिव :- सन्दिप राना मगर
कोषाध्यक्ष :- अञ्जली लोप्चन तामाङ
सह:कोषाध्यक्ष :- अरुण चौधरी
सदस्यहरु :- सोमनाथ राई
” :- पासाङ शेर्पा
” :- लक्ष्मण थापा मगर
” :- सुनिल राजभण्डारी
” :- बसन्ती तामाङ
” :- रमेश पुलामी मगर
” :- विश्व राज मोक्तान
सदस्य रहने गरि २०२०-२०२२ कार्यकाल का लागि नयाँ समावेशी कार्यसमिति विस्तार भएको हो । नेपाली समाज युएई , एन आर एन युएई , नेफिन युएई , फोनिज युएई , नेपाल मगर संघ शाखा , युएई , अन्तर्राष्ट्रिय नेपाली समाज युएई लगायत विभिन्न जिल्लागत संघ संस्था हरु को प्रतिनिधि हरु को उपस्थितिमा । वर दुबई स्थित यास्मिन रेस्टुरेन्ट को सभा हलमा । ऐतिहासिक प्रथम सम्मेलन पानस मा बत्ती बालेर समुदघाटन गरिएको हो ।
प्रमुख अतिथि जि एस गुरुङ ले आदिवासी जनजाती युवा महासंघ (yfin) को आफ्नै छुट्टै विधि र विधान अनुरुप । नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान केन्द्र मा आधिकारिक दर्ता भै संचालन हुँदै आएको र जातीय मुक्ति आन्दोलनमा अहिलेसम्म सबैभन्दा धेरै आदिवासी जनजाती हरु ले बलिदानी दिएको । तर पनि अझैसम्म आदिवासी जनजाती हरु को हकहित मा राज्यले अहिलेसम्म पुर्ण अधिकार नदिएको र जातीय पहिचान लाई मेटाउदै गएको भन्दै सरकार प्रती आक्रोश व्यक्त गर्नुभयो । आफ्नो पहिचान र हक अधिकार का लागि आदिवासी जनजातीका युवाहरू प्रवासमा समेत एकजुट भएर सांगठनिक संरचना निर्माण गरेकोमा खुशी व्यक्त गरे । आदिवासी जनजाती का युवाहरू विश्व भरी सशक्त भै एकजुट हुनुपर्ने समय आएको कुरा उल्लेख गर्नुभयो ।
सुरेन्द्र गुर्मछान मगर को संयोजकत्वमा आदिवासी जनजाती युवा महासंघ नेपाल शाखा , युएई को घोषणा सभा को आयोजना गरिएको हो । कार्यक्रम अञ्जली लोप्चन तामाङ को संचालनमा । निर्वाचन समितिका संयोजक डिबि लुङ्गेली मगर ले सर्वसम्मत चयन भएका पदाधिकारीहरू लाई अहोदाको प्रमाणपत्र दिदै । नेपाल बाट आउनु भएका । आदिवासी जनजाती युवा महासंघ नेपाल का केन्द्रीय अध्यक्ष जि एस गुरुङ ले सपथ ग्रहण गराए ।
नयाँ निर्वाचित अध्यक्ष दिपक थापा मगरले युएईमा छरिएर रहेका आदिवासी जनजातिका युवाहरूलाई समावेशी र समानुपातिक हिसाबले समेटेर अघि बढने प्रतिबद्धता जाहेर गरे ।