१० रुपैयामा खाना खुवाउने दिलिप संस्कृति मंचद्वारा सम्मानित

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार २ नं. प्रदेश

राजेश शर्मा,बिराटनगर । मोरङको बिराटनगरमा दस रुपैयामा पछिल्लो ५० दिन देखि निरन्तर पेट भरी खाना खुवाउदै आएका समाजसेवी दिलीप धरेवालाई भारत नेपाल सामाजिक संस्कृति मंचद्वारा सम्मान गरिएको छ ।

सम्मान गर्दै मंचका अध्यक्ष राजेश कुमार शर्माले भने –  “आजको दिनमा यस्तो महगों समयमा दश रुपैया नेपालीमा एक कप चिया पीउन नपाउने तर समाजसेवी दिलीपले दश रुपैयामा सुद्ध खानाको ब्यवस्थापन गरि समाजमा रहेका गरीब जनता लाई सेवा दिएर एउटा निकै नै अदभुत सेवा प्रदान गरेको छ ।”  हरेक दिन ११०० भन्दा बढी जना लाई मात्र दस रुपैयामा खाना खुवाएर आफैमा निकै नै प्रशंसाको पात्र बन्न पुगेको बताए ।

त्यस्तै बृहत मदेशी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह कुशवाहाले भने संस्कृति मंच द्वारा दुइटै देश बीच भौगोलिक स्तर बाट समाज सेवा गरि रहेकालाई खोजी खोजि सम्मानित गर्दा समाजमा अरु समाजिक कार्यकर्ताहरुलाई अझै उत्साहित हुने र आझ राम्रो गर्न लाई प्रेरणा पाउने बताए ।

दिलीप द्वारा गरीब मजदूर सहित अन्य सबै वर्गी को नाम मात्रको राशिले गरिएको खानाको ब्यवस्थापनले पुरै सीमाँचल वासी नै गौरवान्वित भएको बताए। यस्तो समाजसेवी लाई पहिचान गरि मंचले सम्मानित गरि अझ राम्रो गर्न लाई प्रेरणा दिएकोमा साधुवादको संज्ञा दिए ।

दिलीप धरेवा संग सुरु देखि नै सेवामा सहयोग गर्दै आएका राजपाका जिलाध्यक्ष महोमद कादिरले भने कुनै निसहाय भोकै नरहोस भन्ने एउटा सानो प्रयास मात्र रहेको बताए। सम्मान कार्यक्रममा मंच द्वारा निशुल्क खानाको ब्यवस्थापनमा सहयोग गर्दै आएका मोहम्मद कादिर, टिवंकल कुमारी, बिनीता धरेवा, शान्ति श्रेष्ठ सहित अन्य कार्यकर्तालाई नागरिक समाजका सूर्यनाथ सिंह, मंचका सचिव निर्मला देव , दीपक रायले संयुक्त रूपमा शाल माला लगाएर सम्मानित गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार