गायक शर्माले ल्याए “मेरी गर्ल फ्रेन्ड” (भिडियो)

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार संगीत

गणेश कुमार ठाकुर,सिरहा । जनकपुरका मैथिली गायक रंजित शर्माले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।
प्रेम दिवसको अवसरमा गायक रंजित शर्माले आफ्नो नयाँ म्युजिक भिडियो “मेरी गर्ल फ्रेन्ड” बजारमा ल्याएरका हुन । प्रेमिप्रेमिकाहरुको बिशेष दिन रहेको प्रेम दिवसमा यो आफ्नो नयाँ गीत सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको मैथिली गायक रंजित शर्माले बताए ।

सन् २०२० को भेलेन्टाइन डेको अवसरमा उक्त भिडियो दर्शक माझ सार्वजनिक गरेको हो । दर्जनौं मैथिली गीत गाइसकेको शर्माको यो पहिलो नेपाली म्युजिक भिडियो रहेको छ । लामो समयदेखि गायन क्षेत्रमा संलग्न शर्माले दर्शक, स्रोता तथा बजारको माग अनुसार गीत संगीत गाउने गरेका छन् । मैथिली गीत संगीतका समुहद्वारा तयार गरिएको “मेरी गर्ल फ्रेन्ड” नेपाली सिने क्षेत्रमा नयाँ मोड ल्याउने गायक शर्माले बताए । आजसम्म बजारमा ल्याइएको अरू म्युजिक भिडियो भन्दा फरक र दर्शकलाई मनोरञ्जन दिन सक्छन, गायक शर्मा भन्छन् “वास्तविक र तथ्यपरक रहेकोले यो गीत दर्शकको विश्वास जित्नेमा आफू विश्वस्त रहेको बताउँछन् । उनी भने, “टिम सहयोगी र मेहनती पाएँ, त्यसैले यो गीत बजारमा ल्याउने प्रयास गरेको हुँ ।

“पत्रकार तथा कलाकार रामहृदय यादव तथा गजेन्द्र गज्जुको शब्द, रामरेस कापरको संगीत रहेको यस गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् । रवीन ठाकुर तथा लाजिना सुवेदीको अभिनय, राजिप तथा राजुको छायांकन, कयामुद्दिनको सम्पादन रहेको उक्त भिडियो दिनेश ठाकुरले निर्देशन गरेका छन् । भिडियो हिमानी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार