प्रेम दिबसको अबसरमा युएईबाट इन्द्र सिन्चुरीको ‘कसरी छुट्यो हाम्रो माया’ (भिडियो)

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार संगीत

युएईको नेपाली समुदायमा जीवन्त अभिनय गर्दै अगाडि बढने, नेपाली कला संस्कृतिलाई माया गर्ने कलाकारको लर्कोमा इन्द्र सिन्चुरीको नाम अग्रपंक्तिमा आउन थालेको छ । अभिनय र निर्देशनमा पनि खारिदै गएका सिन्चुरीले बेसारेको मायाजाल टेलिसिरियललाई नौ भाग सम्म पुर्‍याउन सफल भएका छन् । हास्यव्यङ्ग्य विधामा पनि जबर्जस्त उपस्थित जनाउने सिन्चुरी म्युजिक भिडियाेमा पनि रम्दै र जम्दै गएका छन् ।
युएईमा रहेर १२ घन्टाको रोजगारीपछिको समय र साप्ताहिक १ छुटीको सदुपयोग गरि नेपाली कला क्षेत्रमा जम्दै गरेका कलाकार ईन्द्र सिन्चुरी को नयाँ म्युजिक भिडियो “कसरी छुट्यो हाम्रो माया” प्रेम दिबसको अबसर पारेर सार्बजनिक भएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका युवा गायक प्रबेग दोङको सुमधुर स्वरमा सुसज्जित उक्त म्युजिक भिडियोमा युएईको रमणिय ठाउहरुको दृश्य संगै ईन्द्र सिन्चुरी, साइरा श्रेष्ठ र रन्जित रिजाल लगायत कलाकारले अभिनय गरेका छन । प्रेमी प्रेमिका बिचको बिछोडको पिडालाई चित्रण गर्दै बनाईएको भिडियोमा टीका बोम्जनले संगीत भरेका छन भने दिपेश प्रधानको मिक्सिङ र देब कुमार श्रेष्ठको सम्पादन रहेको छ । क्यामारामा लाल बहादुर ढेगा, एरेन्जर नोर्बु शेर्पा, कलर प्रेम कुमार थापा लगायतको रहेको उक्त म्युजिक भिडियोको निर्देशन भिडियोका मोडल ईन्द्र सिन्चुरीले गरेका छन । बि2के एसिया, सागर महत,कैलाश अर्याल, अनु अर्याल, प्रीन्सेस अर्याल,बिष्णु खनाल,अमित सापकोटा,शरन श्रेष्ठ, अन्तर्राष्ट्रिय कलाकार समाज (ईनास) युएईको भुमिकाको प्रती हार्दिक आभार सहित कलाकार तथा निर्देशक ईन्द्र सिन्चुरीले नेपाली कला सस्कृतिलाई माया गरि दिनको लागि सबैलाई आग्रह समेत गरेका छन् ।

गीतको लिन्क ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार