संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने ट्रम्पको क्षमता सिनेटले पारे सीमित

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार प्रवास

काठमाडौं, ०२ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने क्षमता सिनेटले सीमित पारिदिएको छ ।

इरानमाथि युद्ध गर्ने ट्रम्पको आशयबारे जाँच गर्ने उक्त प्रस्ताव ५५-४५ को मतले अनुमोदन भएको थियो । लगतै ट्रम्पले अमेरिका इरानबाट कम सुरक्षित हुने चेतावनी दिएका थिए ।

ट्रम्पले इरानको सेनाका जेनेरलको हत्या गर्न निर्देशन दिएपछि उक्त विधेयकको एउटा संस्करणलाई तल्लो सदन प्रतिनिधिसभाले ज्यानुअरीमा पारित गरेको थियो ।

अहिले रिपब्लिकनहरूकै बहुमत रहेको सिनेटले त्यसको अनुमोदन गरेको हो । ह्वाइट हाउसमा उक्त विधेयक पुगेपछि ट्रम्पले त्यसमाथि भिटो अर्थात विशेषअधिकार प्रयोग गर्ने ठानिएको छ ।

बिहीवार राति आठ जना रिपब्लिकनहरूले इरानविरुद्ध सैन्य कारबाही चलाउनु पूर्व राष्ट्रपति ट्रम्पले कंग्रेससँग परामर्श लिनुपर्ने पक्षमा मत दिएका थिए ।

उक्त रिजोलुसन अनुसार अमेरिकी संसदले युद्ध घोषणा गरेको वा कुनै विशेष फौज परिचालनको अनुमति दिएको खण्डमा बाहेक इरानसँग टकरावमा रहेका अमेरिकी फौजलाई ट्रम्पले हटाउनु पर्नेछ । तर, उक्त कानुनले अमेरिकामाथि हुने कुनै ‘अवश्यम्भावी हमला’बाट रक्षा गर्न भने रोकेको छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार