युएई- राष्ट्रिय आबिष्कार केन्द्रलाई सहयोगार्थ युएईमा एक भव्य कार्यक्रम सप्पन्न भएको छ । किराँत संवत् ५०८० को किराँत राई यायोक्खा शाखा युएई द्वारा आयोजित कार्यक्रम गत ०७ फेब्रुअरीमा युएईको अबुधाबी स्थित ब्राइट राइडर्स स्कुलमा सम्पन्न भएको हो ।
किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष महेश मोक्तान ,बिशेष अतिथिमा नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाललगायत विभिन्न जातीय र जिल्ला समाजका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।
शुरूवातमा कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशिस्ट अतिथि गण र अतिथि गणहरुले संयुक्तरूपमा दिप प्रज्ज्वलन गर्दै औपचारिक कार्यक्रम समुद्घाटन भएको थियो । समुद्घान समारोह लगत्तै नेपाली राष्ट्रिय गीत बजेको थियो भने राष्ट्रिय गीत समाप्त पश्चात् किराँती राष्ट्रिय गीत बजाइएको थियो। औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन नेफिन युएईका वरिष्ठ उपाध्यक्ष एवं किरात राई यायोक्खा शाखा युएईका उपाध्यक्ष बिजया लक्ष्मी राई र किरात राई यायोक्खा शाखा युएईका सचिव शम्भु राईले गरेका थिए ।
राष्ट्रिय आबिष्कार केन्द्रको लागि युएईबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता सबै वक्ताहरूले गरेका थिए ।
त्यसैगरी मन्तव्य राख्ने क्रममा एनआरएनए युएईका उपाध्यक्ष नरेश सेनले महाबिर पुनले गरेका आबिष्कार र आबिष्कार केन्द्रको बारेमा प्रकाश पर्दै भिडियो क्लिप प्रदर्शन गरि विभिन्न देशबाट सहयोगहरु गर्ने प्रतिबद्धता आएकोमा युएईका नेपालीहरुले यो अभियानमा साथ दिनुपर्नेमा जोड दिए ।
अनौपचारिक कार्यक्रमको पहिलो सौगात लोकप्रिय गायक जिबिहाङ्ग राईको “झुम्के मायाले प्रस्तुतिले दर्शकहरु बाट वन्स मोर अफरका आईरहेको थियो भने उनले दर्शकलाई “सोल्टिनी ज्यु” गीत गाएर नचाएका थिए । दोस्रो प्रस्तुति दिंदै राष्ट्र सेवक नेपाल प्रहरीमा कार्यरत गायक निनाम हाङ्ग राईले थप स्टेजलाई तताएका थिए भने उनका प्रस्तुतिमा “जाली रुमाल ” गाउदा दर्शकको भिड लाई कन्ट्रोल गर्न स्वयम सेवकहरुलाई निकै कठिनाइ भएको थियो । त्यसैगरी मोडल तथा गायक दिपक बन्तवाले धमाकेदार प्रस्तुती “सेवाने” गीतले झनै तताएको थियो । प्रस्तुति दिने क्रममा लोकप्रिय गायक, सर्जक संगीतकार कुबेर राईले ” मायाले मुलबाटो भुलेछ…..” भन्ने सदाबहार गीत बाट शुरूवात गर्दै आधा दर्जन भन्दा बढी गीत गाएका थिए । चर्चित गायिका बबिना किरातीको स्टेजमा प्रबेश पाए संगै उनका फ्यानहरुको हलमा ताली र हुटिङ को कोलाहल मच्चिएको थियो । उनले माथि माथि हिमाली भेगमा” बाट सुरु गरेकी उनले निनाम हाङ्ग राई सँग ” मैनामैनी” मा बिसाईन। उनले गाएका प्रस्तुतिहरुले दर्शकहरुको घुइचो थेग्न नसक्ने अवस्था रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथी कलाकार चर्चित टिभी शो मुद्रे कमेडी क्लबका कमेडियन फुलन्देकी आमा उमेश राईले उपस्थित दर्शक लाई हँसाएर भरपुर मनोरञ्जन दिएका थिए भने कार्यक्रममा २३ स्थानिय कलाकारहरुले बेजोड प्रस्तुति रहेका थिए ।
कार्यक्रममा आमन्त्रित अतिथि कलाकारहरुलाई किरात राई यायोक्खा शाखा युएईले सम्मान गरेको थियो भने आबिष्कार केन्द्र सहयोगार्थ आर्थिक रकम संकालन, बिश्व साइकल यात्री कर्ण श्रेष्ठलाई साहसिक यात्रा सफलताको लागि र मृगौला पीडितको लागि आर्थिक रकम संकलन समेत गरिएको थियो ।