हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको ज्यान गयो

उज्यालो प्रतिनिधि १ फाल्गुन २०७६, बिहीबार प्रवास

एजेन्सी, ०१ फागुन । अफगानिस्तानको एक प्रान्त दायकुन्डीको एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको ज्यान गएकाे भएको छ ।

यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताउनु भएको छ ।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधवार अवेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताउनु भएको छ ।

स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ता बताउनु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार