अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध : उपाध्यक्ष गौतम

उज्यालो प्रतिनिधि १ फाल्गुन २०७६, बिहीबार फोटो समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताउनुभयो । उहाँले अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दावी गर्नुभयो । जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले उक्त कुरा बताउनुभएको हो ।

उपाध्यक्ष गौतमले जनयुद्धकालमा मारिएका तीन सय भन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्यांकन हुनुपर्ने बताउनुभयो । जनयुद्धका नाममा तत्कालिन नेकपा (एमाले) का दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको जनमुक्ति सेनाको तर्फबाट हत्या भएको र नेपाली सेनाले पनि पूर्वएमालेका सयभन्दा धेरै नेता र कार्यकर्तालाई मारेको उहाँले स्मरण गर्नुभयो । भन्नुभयो, ‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए । सबैलाई बाटो ढुकेर पक्राउ गरी हत्या गरिएको थियो ।’
उपाध्यक्ष गौतमले कुनै पनि नाममा निशस्त्र र निहत्था व्यक्तिलाई पक्राउ गरी मार्न नपाइने उल्लेख गर्दै क्रान्तिकारिताको नाममा त्यस्तो व्यवहार नाममा गर्नु अनुचित हो भन्नुभयो ।

उहाँले झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका पनि स्मरण गर्नुभयो । भन्नुभयो, ‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएकोे व्यक्ति हत्या गलत थियो र वर्ग शत्रु खत्तम पाने लाइन गलत छ ।’
स्मरणीय छ, २०३८÷०३९ सालमा पुगेर तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटीले झापा विद्रोहमा ल्याएको वर्गशत्रु खत्तम पार्ने लाइन गलत थियो भनेर सच्याएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार