कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी फरार

उज्यालो प्रतिनिधि १ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् ।

चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेका थिए । चेकजाँचका क्रममा कोरोनाको आशंका भएपछि अस्पतालले उनलाई निगरानीमा राख्ने निर्णय गरेको थियो । निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार ती नागरिक साउदी अरबका हुन् । यो घटना एक साताअघिको हो ।

‘कोरोना परीक्षण गर्न बाँकी थियो । निगरानीमा राख्ने तयारी भइरहेका बेला उनी भागे । उनको खोजी भइरहेको छ,’ स्वास्थ्य प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको पनि समस्या थियो । यसैकारण, उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति अस्पतालबाट भाग्नुलाई गम्भीर रूपमा लिइएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार