कोरोना भाइरसको नाटक गर्ने प्राङ्कस्टार पक्राउ,पाँच वर्ष जेल सजाय

उज्यालो प्रतिनिधि २९ माघ २०७६, बुधबार प्रवास

रुसमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको नाटक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

रमाइलोका लागि मेट्रो रेलमा भाइरस सङ्क्रमणको नक्कल गरी बेहोस भएको नाटक गर्ने ती युवकलाई रसियन अधिकारीले पक्राउ गरेका हुन्।

सामाजिक सञ्जालमा राखिएको फुटेजमा अनुहारमा मास्क लगाएका एक युवक मस्को मेट्रोमा अचानक ढल्छन् र उसका साथीहरुले उसलाई कोरोना भाइरस लागेको भन्दै कराएको देखिन्छ।

रेलमा रहेका यात्रुहरु भयावहित हुन्छन् र आत्तिएर ती युवकबाट टाढा भाग्छन्। करोमतुल्लो जाबोरोभ नामका ती प्राङ्कस्टारलाई बदमासी गरेको आरोपमा प्रहरीले फेव्रुअरी ८ मा प्रकाउ गरेको रसियन स्टेट न्युज एजेन्सीलाई उदृत गर्दै सिएनएनले जनाएको छ। रसियामा यस अपराधमा पाँच वर्ष जेल सजायको व्यवस्था छ।

रुसी गृह मन्त्रालयका अनुसार प्रहरीले यस घटनामा संलग्न अन्य दुई जनाको पहिचान गरी मस्को छाडेर नजान आदेश दिएको छ।

मस्कोको चेर्योमुस्किनस्की अदालतले ताजिक्स्थानी नागरिक जाबोरोभलाई ट्रायलमा राख्नुअघि मार्च ८ सम्म हिरासतमा राख्न आदेश दिएको छ।

आरोपीका वकिल एलेक्सी पोपोभले आफ्नो क्लाइन्टले भाइरसबारे जनचेतना फैलाउन प्राङ्क गरेको बताउँदै पक्राउ गर्ने अदालतको निर्णयमा अपिल गर्ने बताएका छन्।

‘यो भिडियोलाई उनका अन्य भिडियोबाट छुट्याएर हेर्नु हुँदैन। उनीहरुले कोरोना भाइरस बारे जानकारी भए/नभएको बारे सोध्दै भिडियो बनाएका छन्,’ पोपोभले भने, ‘बढी मूल्यमा मास्क बेचिरहेको औषधि पसलको भिडियो खिचेका छन्।

उनीहरु अधिकारीलाई ध्यानकर्षण गराउन चाहन्छन्, अपराध गरेको कुनै प्रमाण छैन।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार