कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले गरे आत्माहत्या,सिंगो गाउँ नै शोकमा

उज्यालो प्रतिनिधि २९ माघ २०७६, बुधबार प्रवास

काठमाडौं । अहिले विश्वभर नै त्रास फैलाएको कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले जीवनत्याग गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा जीवनत्याग गरेको भारतीय समाचारमाध्यमले जनाएको छन् ।बालाकृष्णैयालाई आफू कोरोना से संक्रमित रहेको, अब कुनै उपचार नभएको र रोग फैलने डरले उनले जीवनत्याग गरेको परिवारले जनाएको छ । ५४ वर्षीय बालाकृष्णैयाले शनिबार रुइया सरकारी अस्पतालमा गएर चेकजाँच गराएका थिए ।परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इन्फेक्शन भएको पत्ता लाग्यो ।

कुराकानीकै क्रममा यो कोरोनाभाइरसको संक्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले जीवनत्याग गरेको बताइएको छ ।बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको भनेका छन् ।उनलाई कोरोनाभाइरस संक्रमण नभएको बताएपछि शान्त भए पनि तर पछि जीवनत्याग गरेको जानकारी दिएका छन् ।बालाकृष्णैयाले आफूलाई पक्कै पनि कोरोनाभाइरस नै लागेको भन्दै आफ्नै ज्यान लिएका हुन् । उनी यो घर परिवारमा अरु कसैलाई नलागोस भन्ने चाहान्थे । उनको मृत्युले परिवार मात्रै होईन सिंगो गाउँ नै शोकमा डुबेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार