परिवारको डरले ३ बर्ष लुकेर नृत्य सिकेका निर्देशक बुद्ध लामा

बुद्ध लामा एक कुशल नृत्य प्रशिक्षक एंव निर्देशक हुन । काठमाण्डौको बौद्धस्थित सिद्धार्थ कला केन्द्र बि स २०५९ सालबाट सञ्चालन गर्दै आईरहनुभएका लामाले  २ सय बढी म्युजिक भिडीयो निर्देशन गरिसकेका छन भने डेड दर्जन भन्दा बढी चलचित्रहरुमा काम गरिसकेका छन ।  काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारीस्थित हालको चौरी देउराली गाउँपालिका वडा नम्बर १ सानोवाङ्थली जन्मेका लामा कुशल निर्देशकको रुपमा परिचित छन । लामाले विभिन्न विद्यालयमा नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन भने नृत्य निर्देशक संघ नेपाल काठमाण्डौ ३ शाखाका समेत अध्यक्षको रुपमा कार्यरत उनै निर्देशक बुद्ध लामासँग गरिएको कुराकानिको सम्पादित अंश यहाँ प्रस्तुत छ् ।

आजकाल के मा व्यस्त हुनुहुन्छ ?
नयाँ भिडियोको काम र नृत्य प्रशिक्षणको काम साथै नृत्य निर्देशक संघ नेपाल काठमाण्डौ ३ शाखाको विभिन्न कार्यक्रममै व्यस्त छु ।

तपाईंले निर्देशन गर्नु भएको पहिलो भिडियो र अनुभव कस्तो रह्यो ?

मैले बि स २०६० सालमा आँफैले गाएको लोकदोहोरी गीत निर्देशन गरेका थिए । सुरुमा भिडियो निर्देशन गर्दा मैले आफ्ना गुरु ज्युलाई मोडल र प्रशिक्षार्थीहरुलाई कोरसमा राखेकोले सहज तरिकाले नै गर्न सके । पहिलो भिडियो निर्देशन गर्दा सिक्ने मौका मिल्यो ।

किन निर्देशन क्षेत्र रोज्नु भयो ?
मेरो लगाव पहिलादेखी नै नृत्य क्षेत्रमा थियो र यसैलाई भविष्य  बनाउछु भन्ने सोचे । खास मेरो  इच्छाको बिषय भएकोले यहाँसम्म आएको छु ।

यहाँसम्म आइपुग्न कतिको संघर्ष गर्नु भयो जस्तो लाग्छ ?

बिना संघर्ष सफलता प्राप्त गर्न सकिन्न । म यो क्षेत्रमा लाग्ने बेला अली गार्हो थियो । म ०४९ मा काठमाण्डौ छिरे । आफ्नै गाउँको एकजना भिनाजुमार्फत नृत्य प्रशिक्षण केन्द्रसम्म पुगेँ । अभिभावकले नृत्य बिधामा भविष्य नभएको भन्दै गाली पश्चात परिवारको डरले ३ बर्ष लुकेर नृत्य सिके ।

निर्देशनको पाटोको परिभाषालाई कसरी लिनु भएको छ् ?

गीतले दर्शाउन खोजेको उदेश्य,कलाकारले गर्न सक्ने र प्रस्तुत गर्न सक्ने कला,दर्शकले कस्तो प्रतिकृया दिन्छन भन्ने कुराको क्याल्कुलेशन (निष्कर्ष) लगायत नृत्य तथा सबै पाटोलाई राम्रो ढंगले प्रस्तुत गर्नु नै निर्देशन हो जस्तो लाग्छ ।

कतिपय कलाकारहरुले निर्देशकले जे भन्छन मान्न तयार छु भन्दैमा अली बढी नै अश्लिता देखाउन खोज्नु ठीक हो त् ?

कतिपय कलाकारहरुमा होलान कि अश्लीलता प्रस्तुत गर्नाले छिटोभन्दा भन्दा छिटो चर्चामा आउन सक्छ  तर मैले निर्देशन गर्ने पाटोमा अश्लीलता देखाएर हिट हुनु ठीक होइन भन्ने लाग्छ । नेपाली संस्कार र परम्परालाई खलल पारेर अश्लिता देखाउन खोज्नु ठीक होइन ।

कतिपय निर्देशकहरुले यौन शोषण गरेको घटना पनि बाहिरिन्छन,तपाइ यसबारे के भन्नुहुन्छ ?

यौन शोषण एक जघन्य अपराध हो । कुरा के हो भने कुनै पनि क्षेत्रमा तपाईंमा दक्षता छ भने कहीपनी शोषण हुँदैन । निर्देशक भनेको एक मार्गदर्शक र अभिभावक हो । अहिले पछील्लो समयमा जो कलाकारिता क्षेत्रमा लाग्न चाहन्छन नयाँ एकाडेमीहरु पनि खुलेका छन । एक निर्देशकले कलाकारमा देखेको कमी कम्जोरिलाई सुधार्न मार्ग दर्शकको रुपमा काम गर्नु आबश्यक छ् । सबै निर्देशकले यौन शोषण गरेका पनि छैनन मलाई लाग्छ ,अहिले धेरै जना अध्ययन गरेर पनि कलाकारिता क्षेत्रमा आउनु भएका छन । त्यसैले कुनै प्रलोभनमा निर्देशकले यौन शोषण गर्छन भने त्यो नकरात्मक पक्ष नै हो  ।

नृत्य निर्देशक संघ नेपाल काठमाण्डौ ३ शाखाका अध्यक्ष भैसकेपछि कस्ता कार्यक्रम गरिसक्नु भयो र भावी योजना के कस्तो रहेको छ् ?

अध्यक्ष भैसकेपछी लगभग १ महिना भित्र नै पहिलो कार्यक्रम ‘बिद्यालय स्तरिय नृत्य सम्बन्धी कविता वाचन र राष्ट्रियता सम्बन्धी कविता वाचन प्रतियोगिता ‘ सम्पन्न गरेर त्यसपश्चात दोस्रो कार्यक्रम ‘नृत्य सम्बन्धी सैदान्तिक ज्ञान र ताल सम्न्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम’ पनि सम्पन्न गरेको छु । जुन कार्यक्रम विभिन्न बिद्यालय र नृत्य निर्देशकहरुलाई लक्षित थियो । आगामी योजनामा नृत्य सम्बन्धी चासो लिने शुभचिन्तकहरुले दिएको प्रतिक्रियामार्फत सदस्यता बितरण,नृत्यलाई जोड दिदै नृत्य बिधामा संलग्न अग्रज र नयाँ सम्भावना बोकेकाहरुलाई स्थान दिने साथै नृत्य सम्बन्धी हत अधिकारको कुरालाई उजागर गर्ने,नृत्य निर्देशकमा आबद्ध विभिन्न व्यक्तिहरुलाई लक्षित गरी कोष खडा गर्ने लगायतका योजनामा छु ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार