गणेश कुमार ठाकुर,सिरहा । नेपाल विद्यार्थी संघ (सि.टि.इ.भि.टि)द्धारा नेपाली विधार्थीहरु चीनका विभिन्न स्थानहरुमा अध्ययनरत विधार्थीलाई नेपाल फिर्ता ल्याउन तत्काल आवश्यक कदम चाल्ल नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले एक विज्ञप्ति जारी गर्दै जोडदार माग गरेको छ ।
चिन बाट शुरु भएको कोरानो भाइरसले ठुलो रुप लिदै गएको र ६ सय जना भन्दा बढीले ज्यान गुमाएको सन्र्दभमा नेपाल सरकारले पनि यसको प्रकोप बाट बचाउन उच्च सर्तकता अपनाउन जरुरी छ । यसै बिचमा ठुलो संख्यामा नेपाली विधार्थीहरु चीनका विभिन्न स्थानहरुमा अध्ययनरत रहेको सवैलाई विदितै छ । यसै सन्र्दभमा कोरोना भाईरसको संक्रमण बाट उनीहरुलाई पूर्ण सुरक्षित राख्नु र उच्च सावधानी साथ नेपाल फिर्ता ल्याउन तत्काल आवश्यक कदम चाल्लु पर्ने नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले बताए ।
चीनका विभिन्न ठाउँमा रहेका विधार्थीहरुले आफुहरु नेपाल आउन चाहेको कुरा बताइ रहदा समेत सरकारले ढिला सुस्ती गर्नु र माग प्रति सुनुवाई नहुनु अत्यन्तै दुःखद खबर रहेको छ । भाईरस प्रभावित क्षेत्रहरुमा रहेका नेपाली विधार्थीहरुको खोजी र पहिचान गरि आवश्वयक सहयोग र प्रवन्ध मिलाई चीनमा अध्ययनरत नेपाली विधार्थीहरुलाई सुरक्षित साथ नेपाल फर्काउन र जिवनरक्षा गरि आफ्नो नागरिक प्रतिको दायित्व निर्वाह गर्न नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले नेपाल सरकार संग जोडदार माग गरेको छ ।