तिव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्दै सिरहा ट्राफिक प्रहरी, चेकजाँचमा कडाई

गणेश कुमार ठाकुर,सिरहा। सिरहाको पुर्व–पश्चिम लोकमार्ग सडकखण्ड सहज बनेसँगै तिव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ ।
तिव्र गतिका कारण विगतमा पनि दुर्घटना भइरहेको र अहिले समेत दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहनका मातहताम रहेका ट्राफिक प्रहरीले तिव्र गतिका सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले अहिले सवारी चेकजाँचमा कडाई गर्नुको साथै तिव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्न थालेको हो ।
ट्राफिक प्रहरीले गति मापन गर्ने ‘राडर गन प्रयोग गरेर सवारी साधनको गति मापन गर्ने र तिब्र गतिका सवारी साधनलाई कारबाही गर्ने अभियान थालेको छ । सवारी चालकलाई सचेत गराउने अभियानलाई तिब्र पारिएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।

‘राडर गन’को सहायताले सवारीको स्पिड जाँच गरिरहेका छौं, तिव्र गतिमा सवारी चलाउनेलाई कारवाही गर्न थालेका छौं,’ उनले भने । अहिले पुर्व–पश्चिम सडकखण्डमा दिनहुँजसो राडर गनमार्फत सवारी साधनको स्पिड नाप्ने गरिएको छ ।

त्यसै गरी श्रावण देखि पुष सम्ममा ९८ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी जम्मा ३२ जनाले ज्यान गुमाएका छन् । भने घाइते १६७ जना भएका छन् । चालु आर्थिक बर्ष २०७६÷०७७ को श्रावण देखि पुष सम्म भएको छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) एक्तेनले बताए ।

दुर्घटना हुनुमा यातायातका साधनमा हुने यान्त्रिक गडवडी, तिव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सडकको अवस्था नहेरी ओभरटेक गर्ने, पुलमा जबर्जस्ती दुबै तर्फबाट गाडी हुल्ने, रातको समयमा लाइट डिम नगर्ने, जथाभावी सडक पार गर्न खोज्नेजस्ता लापरबाहीले नै सवारी साधन दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख एक्तेनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख एक्तेनको अनुसार यात्रु बाहक बसले ४० किमीको स्पिडमा कहिले गन्तव्यमा पुग्ने भन्दै तिब्र गतिमा चलाउने, मादक पदार्थ, गाजालगाएत सेवन गर्ने अटेरी बानीका कारण यात्रुको ज्यान जाने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले ६ महिनामा ११ हजार ५० सवारीसाधन कार्वाहीमा, ९२ लाख ५७ हजार ५ सय राजस्व असुली गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरिक्षक अर्जुण पौडेलले बताए ।

साथै मिर्चैया र बन्दीपुर ट्राफिक पोष्टले चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्र.स.नि केदार पौडेलले बताए ।

चालकले नियम पालना गर्दैन, सबारीसाधनको चाप छ, बाटो सागुरो छ, यसको लागि सरकारलाई चासो देखाउनु पर्छ । चालक प्रदिप रजकले भन्छन, “सडक चार लेनको बनाउनु पर्छ, मोटरसाइकल चालकले ओभरटेक गर्दा दुर्घटना बढी हुन्छ त्यसलाई कन्ट्रोल गनुपर्छ ।”सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न चेकजाँच तथा छड्के जाँचमा कडाई गरेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको ट्राफिक प्रहरी पोष्ट बन्दीपुरका ईन्चार्ज शैलेन्द्र ठाकुरले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार