रञ्जितको परिचयमा ‘गायक’ थप्ने त्यो गीत

रञ्जित लामालाई नचिन्ने सायदै होलान् । झन् गीत संगीतको क्षेत्रमा लागिरहेकाहरुले त उनलाई चिन्ने नै भए । अझ गायक रञ्जित लामाको रुपमा उनलाई नचिन्ने सायदै छन् ।
रञ्जितका दर्जनौँ गीत यस्ता छन्, जुन तपाई हामी सबैले सुनेका छौँ । गीत संगीतको क्षेत्रमा स्थापित हुन गाह्रो छ । झन् आजको समयमा यसमा स्थापित वा चर्चित हुनेभन्दा पनि एउटा मात्रै गीत गाएर आफ्नो परिचयको अगाडि ‘गायक’ थप्ने प्रशस्त होडबाजी छ ।
तर, रञ्जितमा एउटा÷दुईटा गीत गाएर आफूलाई गायक हुँ भन्ने घमण्ड कहिल्यै चढेन । बरु, कसरी दर्शक स्रोतासमक्ष राम्रो गीत दिने भन्ने कुराले उनलाई दिनरात सताउँथ्यो । त्यसैको परिणाम भन्नुपर्छ, आज उनको परिचयको अगाडि गर्विलो इतिहास रहने गरी गायक उपसर्ग थपेको छ । र, उनको असली परिचय बनेको छ, ‘गायक रञ्जित लामा ।’ रञ्जित कसरी गायक बने ? उनी आफैँलाई म गायक भएछु भन्ने कहिले लाग्यो ? उनलाई दर्शक स्रोतामाझ कुन गीतले गायक बनायो जस्तो लाग्छ ? यी सबै जिज्ञासाको जवाफसहित्, रञ्जित लामालाई पढौँ ।

परिचय

रञ्जित लामाको जन्म सन् १९८७ मा ललितपुर जिल्लाको डुकुछाप गाबिस (हाल गोदावरी नगरपालिका वडा नं. ८) मा भएको हो । सानैदेखि गति गुनगुनाउँदै हिड्दै उनको बाल्यकाल सुखद् नै रह्यो भन्दा फरक पर्दैन । विद्यालयमा हुने हरेक कार्यक्रमहरुमा गीत गाइरहने उनको सपना नै चर्चित गायक बन्ने थियो । आपा (बुवा) सानु बाबु लामा र आमा चमेली तामाङको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका उनले बाल्यकालमै पनि धेरै ठाउँमा गीत गाउने अवसर पाएका थिए ।

सांगितिक यात्रा

काठमाडौं, डल्लुस्थित् रेन्बो इन्टरनेशनल कलेजबाट उच्च माध्यमिक तहसम्मको अध्ययन सकाएका उनले यो क्षेत्रमा लाग्नका लागि परिवार र साथीभाईको प्रशस्त मात्रमा साथ पाए । उनलाई यो क्षेत्रमा लाग्नका लागि हौसला उनका काका मिलन लामाले दिए । काकाको हौसलापछि झन् बलियो रुपमा यो क्षेत्रमा प्रस्तुत हुन आफूलाई बल मिलेको बताउँछन् रञ्जित । काठमाडौं पुतलिसडकस्थित साधना कला केन्द्रमा वि.सं. २०६५ सालमा प्रकाश गुरुसँग उनले संगीतको कक्षा लिए । उनले २०६९ सालमा ‘डाँडापारि’ बोलको गीत रेकर्ड गराए । र, उनले औपचारिक रुपमा गायनको यात्रा तय गरे । उनको यो गीतले पनि सर्वाधिक चर्चा कमाउन सफल भयो । त्यतिबेला गायनमा मेरो भविष्य कस्तो होला ? भन्ने डरै–डर अनि उत्साहका साथ यो क्षेत्रमा पाइला चालेका लामाले हालसम्म दर्जनौँ गीत र म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । र, आज उनी भन्छन्, ‘म अहिलेसम्म सन्तुष्ट छु, तर गर्न धेरै बाँकी छ ।’

गीत रेकर्डको त्यो क्षण

बाहिर बसेर सोचेजस्तो स्टुडियोमा पुगेर गीत गाउन पक्कै सजिलो छैन । एउटा माइक्रोफोन अगाडि बोल्नुप¥यो भने त मान्छे लकलक काम्छ भने त्यो त दुनियाँलाई सुनाउने गरी गीत गाउने ठाउँ हो । रञ्जितको मनमा पनि उत्साह र डर नहुने कुरै भएन । गीत रेकर्डको कयौँ क्षणमा उनलाई उत्साहले पनि डरले जितेको छ । हो, त्यतिबेला उनले सोचेजस्तो गरी गीत रेडर्क भएको भने छैन । उनी भन्छन्, ‘कहिलेकाहीँ उत्साहले भन्दा डरले जित्छ, डरले जितेपछि गीत राम्रो हुँदैन, डरलेभन्दा उत्साहले जितेपछि गीत पक्का राम्रो बन्छ ।’
त्यसअघि उनी थप्छन्, ‘धेरै दिनको अभ्यासपछि गीत रेकर्डको दिन आएको थियो । त्यसैले पनि म धेरै खुशी थिए । तर, खुसी र डर दुवैले गर्दा होला गीत ठीक–ठीकै मात्रै भयो ।’
उनले त्यतिबेला डाँडापािर बोलको गीत रेकर्ड गराउँदै सांगितिक क्षेत्रमा पाइला अगाडि बढाएका थिए । ‘स्टुडियोमा डर र उत्साह मिसाएर गाएको त्यो गीतलाई दर्शक स्रोताले मन पराइदिनुभयो । म अत्यन्तै हर्षित् भए ।’ उनी भन्छन्, ‘पहिलो प्रयास नै सफलताउन्मुख भएपछि मलाई यो क्षेत्रमा लागिरहन थप प्रेरित भयो । र आजसम्म यही क्षेत्रमा लागिरहेको छु ।’
डाँडापारिसँगै उनको आउन माया आउ, मुसुक्क ङेमा, हुलाकी दाई, हुक्का, भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल लगायत थुप्रै गीत सर्वाधिक रुपमा चर्चित भइसकेको छ ।

त्यो गीत, जसले उनलाई गायक बनायो

रञ्जित लामाको सन् २०१३ सालमा ‘किन रुझ्यो निरमाया’ भन्ने गीत बजारमा आयो । त्यसपछि उनको त्यो गीत प्रत्येक टेलिभिजन र रेडियो एफएमतिर बज्न थाल्यो । गीत बजेपछि उनको त्यो गीत धेरैले मनपराइदिए । त्यसपछि सबै दर्शक स्रोता साथीभाईले उनको प्रशंसा गरे । भन्छन्, ‘त्यो गीत बजारमा आएपछि आएको प्रतिक्रियाले म अब गायक भएछु जस्तो लाग्यो, र मैले आफू गायक हुँ भन्ने अनुभव गरे ।’

अवार्ड तथा सम्मान

पहिलो तामाङ गीत ‘मुसुक्क ङेमा’ बाट वि.स. २०७५ मा ओेईशा नेपाल म्युजिक अवार्डबाट उत्कृष्ट पप गायकको अवार्ड, आउन माया आउ बोलको गीत बाट सगरमाथा म्युजिक अवार्ड सर्बोत्कृष्ट पप गायक, आउन माया आउ बोलको गीतबाट पहिलो एपिक नेपाल म्युजिक अवाडर्, सर्बोत्कृष्ट पप गायक, स्टार इन्टर्नेशनल म्युजिक अवार्ड २०७६ बाट बुट्टे रुमालबाट सर्बोत्कृष्ट पप गायक, नेशनल बक्स अफिस अवार्डबाट सर्बोत्कृष्ट गायकको अवार्ड, ग्लोबल इन्टरनेश्नल अवार्ड २०७६ बाट म्हेन्दोमाया गीत ‘टुना युनाले’बाट सर्वोत्कृष्ट पप गायकको अवार्ड लगायत उनले विभिन्न अवार्डहरु पाइसकेका छन् । त्यति मात्रै होइन, उनले विभिन्न कार्यक्रमहरुमा दर्जनौँ सम्मान पाइसकेका छन् ।

अबको योजना

नेपाली गीत संगीतको क्षेत्रमा अझ सशक्त भएर लाग्ने योजनामा छन् उनी । ‘अहिलेसम्म बिशेषत : नेपाली लोक पप गाउँदै आएको छु, तामाङ गीतहरु पनि गाइरहेको छु ।’ उनी भन्छन्, ‘यी सबै गीतहरुलाई निरन्तरता दिँदै नयाँ गीतहरु निरन्तर रुपमा समयानुकुल रुपमा ल्याउने प्रयास हुनेछ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार