कोरोना भाइरसको डरले रोक्न सकेन सामूहिक विवाह,६० देशका ६ हजार विवाह बन्धनमा बाँधिए

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार प्रवास

दक्षिण कोरियामा फेमिली फेडरेशन फर वर्ल्ड पिस एण्ड युनिफिकेसनले आयोजना गरेको सामूहिक विवाहमा हज्जारौं जोडी प्रणय सूत्रमा बाँधिए ।

दक्षिण कोरियाको राजधानी सोउलस्थित ग्याप्योन्गिनमा रहेको चियोङ्गसिम पिस वर्ल्ड सेन्टरमा उक्त सामूहिक विवाहको आयोजना भएको हो । यद्यपि, चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणको डर भने दक्षिण कोरियामा पनि व्याप्त छ ।

दक्षिण कोरियामा कोरोनाभाइरसका २४ जना संक्रमित भेटिएका छन् ।

उक्त समारोहमा कतिले मास्क लगाएका थिए तर कतिले मास्क लगाउन अनिवार्य ठानेनन् ।

समारोहमा ६० देशका ६ हजार व्यक्ति विवाह बन्धनमा बाँधिएका हुन् । युनिफिकेशन चर्चमा यस्तो सामूहिक विवाहको आयोजना सन् १९६० देखि हुँदै आएको छ ।

विवाहमा

सरिक भएकाहरुको कोरोनाभाइरसको लक्षण परीक्षण गरिएको थियो । यद्यपि, दक्षिण कोरियाका अन्य ठूला कार्यक्रम भने रद्द भएका छन् । यद्यपि, उक्त चर्चले चिनियाँ जोडीलाई भने प्रतिबन्ध लगाएको थियो ।

युनिफिकेशन चर्चले ३० हजार जनालाई मास्क त वितरण गरेको थियो तर सबैले त्यो लगाएनन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार