पर्यटकीय गन्तव्य बन्दै सिरहाको बाबा ताल

गणेश कुमार शर्मा,सिरहा । सिरहा जिल्लाका कर्जन्हा नगरपालिका वडा नं.२ बन्दीपुर स्थित बाबा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्ग स्थित सिराहाको बन्दीपुरबाट कारिब दुई किलोमिटर उत्तरतर्फ कर्जन्हा नगरपालिका वडा नं.२ बन्दीपुर स्थित बाबा ताल हरियो जङ्गलको मनोरम दृश्य देखिने बाबा ताल किनारमै मोक्षश्वर महादेव मन्दिर छ ।
सुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ । पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् । सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय सरकारले चासो देखाएपछि तलको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको वन संरक्षण समिति बन्दीपुरका अध्यक्ष अंजनी कुमार दाहालले बताए । सामुदायिक वनको मुहारमा रहेको बाबा तालमा हाल ५ तले भ्यु टावर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
दाहालको अनुसार अहिले“तल निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो तलमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण बाबा तालमा रमाउन पुग्ने गरेका छन् ।

बााबा तालमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण बाबा ताल पर्यटक, कर्मचारी, विद्याथी, युवायुवतीले भरिएको हुन्छ । हिजो÷आज दैनिक २० देखि २५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।
यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको वन संरक्षण समिति बन्दीपुर,सिरहाका संस्थापक अध्यक्ष भोल पोखरेलले बताउनुभयो ।
पोखरेलको अनुसार बाबा तालमा पिकनिक वा वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ । त्यस्तै खानेपानी, शौचालयका साथै पर्यटकहरुलाई तालमा डुङ्गाको (बोटिङ) व्यवस्थासमेत गरिएको छ ।तालमा डुङ्गाको (बोटिङ) गर्नको लागि प्रति व्यक्ति २५ रुपैया शुल्क राखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार