ह्वाइट हाउसबाहिर राष्ट्रपति ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्ति पक्राउ

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार प्रवास

ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेका छन् ।

वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए ।

प्रहरीका अनुसार ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको छ ।

पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जानकारी प्रहरीलाई दिएका छन् ।

उनलाई अहिले मानसिक अस्पताल लगिएको र त्यहाँ उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिनेछ । त्यसपछि उनीमाथि थप कारवाही प्रक्रिया सुरु हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार