ललिता निवास जग्गा प्रकरण : लालपुर्जामा फोटो टाँस्‍नेहरू नै उम्कन खोज्दै

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार समाचार

काठमाडाैं । मालपोत विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यले २०४९ सालमा आफ्ना ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीलाई कार्यकक्षमा बोलाए । कार्यालयमा प्रवेश गरेर बसेपछि आचार्यले ज्वाइँतिर केही कागजात तेर्स्याए र एउटा ठाउँमा बूढीऔंठाले देखाई सही गर्न भने । के कागज हो ? कस्तो हो ? ससुराले किन सही गर्न भनेका हुन् ? ज्वाइँ वैकुण्ठ अलमलमा परे । ‘आफ्नै ससुराको विश्वास छैन र ?’ महानिर्देशक जंगिए । ससुराले भनेको ठाउँमा सही गरेर वैकुण्ठ फर्किए ।

‘मैले ललिता निवास क्याम्पभित्रको जग्गा किनेको छैन । ससुराले बोलाएर जंगिएपछि सही गरेर फर्किएको हुँ । २०/२५ वर्षपछि आज जग्गाको खास कुरा र कारोबार थाहा पाएँ,’ दिवंगत भइसकेका आफ्ना ससुराविरुद्ध अख्तियारमा बयान दिन बाध्य भएका वैकुण्ठले भनेका छन्, ‘मलाई दस्तखत गराउने र पदको दुरुपयोग गर्ने काम उहाँको हो । यस सम्बन्धमा मलाई केही जानकारी छैन ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ससुरा र ज्वाइँ दुवैलाई मुद्दा चलाएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा तत्कालीन मालपोत र त्यसका कर्मचारीले चलखेल गरी २०४९ सालमा राणा परिवारलाई फिर्ता गराएका थिए । ११४ रोपनी जग्गा फिर्ता गर्ने क्रममा संलग्न कर्मचारीले ‘पञ्चायतकालमा जफत गरिएकाले फिर्ता भएको’ व्यहोरा तयार पारे भने अरू प्रभावशाली कर्मचारीले बाहिर बसेर चलखेल गरे । फिर्ता भएपछि राणा परिवारले केही जग्गा घूसस्वरूप कर्मचारीका आफन्तका नाममा बकस गरे । अहिले फन्दामा परेपछि लालपुर्जामा फोटो टाँस्नेहरू अनेक बयान गरेर उम्किने प्रयासमा छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार