प्रेमिका भेटन गएकै ठाउमा प्रमिकाका दाजुभाइले घाटी थिचेर हत्या

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार समाचार

रौतहट । रौतहटमा प्रेमिका भेटन गएका एक युवकको घाटि थिचेर हत्या गरिएको छ । जिल्लाको इशनाथ नगरपालिका वाड नं. ८ बस्ने २० बर्षिय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेटन गएकै ठाउमा प्रमिकाका दाजुभाइले घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहले आईतवार पत्रकार सम्मेलन गदै उक्त जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रबीराज खड्काले गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नपाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाको तिन जना दाईले घाँटी थिचेर हत्या गरेको बताए । हत्या पछि अभियुक्तहरुले स्थानीय भकुवा खोलामा फालेको हको शब गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।

माघ १५ गते राति ११ बजेको समयमा बाँसको घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको उपरिक्षक खड्काले बताए । अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार