वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव, सात वर्षदेखि हल्लिएको पनि छैन

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार शिक्षा

दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन (७ वर्ष भन्दा बढी) समयदेखि हल्लिएको पनि छैन ।

वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।

गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ । यहाँ स्यालामेन्डरको शरीरको अंश (डीएनए र इडीएनए) पानीमा घोलिएपछि बाहिर आएको हो ।

हंगेरियन नेचुरल हिस्ट्री म्युजियमका ज्यूडिट वोरोसले भने, ‘यसअघि यस्ता जनावरको कल्पना मात्रै गरिएको थियो । यहाँ भारी वर्षाका कारण यी जीव गुफाबाट बाहिर आएपछि मात्रै हामीले यसलाई देखेका हौं । अन्यथा यिनीहरुलाई हेर्न हामीले गोताखोरी गरेर गुफाभित्रै जानु पर्दथ्यो । तर अब हामी गुफाको पानीमा भएको अंश हेरेरै यिनीहरु कहाँ छन् भनेर पत्ता लगाउन सक्छौं ।’

१० गुफामा स्यालामेन्डर छन्ः

वोरोसका अनुसार उनको समूहले एक प्रविधीको प्रयोग गरेर स्यालामेन्डरको ‘इन्भारोमेन्टल डिएनए’ परीक्षण गरेका हुन् । यो प्रविधी यसअघि वन्य जीवमा प्रयोग गरिएको थियो तर गुफामा पाइने प्रजातिमाथि भने यो पहिलो पटक प्रयोग भएको हो । यसका लागि सन् २०१४ को गर्मीमा १५ गुफाभित्रको पानीको स्याम्पल जम्मा गरिएको थियो । प्रत्येक गुफाबाट २ लिटर पानी लिएर पेपर फिल्टर गरेर ई डिएनए निकालियो । त्यसपछि १० गुफामा स्यालामेन्डर भएको पत्ता लागेको बताइन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार