मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञान महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताएका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा– ११ फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा पिस रिट्रिट सेन्टर अन्तर्गत दिब्य शान्ति अनुभूति केन्द्र भवनको आज यहाँ शिलान्याश समारोहमा उनले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन हुनुका साथै शान्त, समृद्ध र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यस्ता गतिविधिमा प्रदेश सरकारकोतर्पmबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आध्यात्मिक ज्ञानको माध्यमबाट मुलुकमा शान्तिसहित समृद्धि र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बह्मकुमारी ईश्वरीय विश्वविद्यालय मुख्यालय माउन्ट आबू भारतबाट आउनुभएकी वरिष्ठ राजयोग प्रशिक्षक, शिक्षा प्रभागका उपाध्यक्ष राजयोगिनी शिलु दिदीले विश्वलाई सुखमय र शान्त बनाउने अभियान अन्तर्गतको परियोजना सम्पन्न गर्न सबैको तन, मन र धन आवश्यक रहने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङले धार्मिक एवं आध्यात्मिक ज्ञानको महत्वमाथि चर्चा गरे ।

संस्थाका उपनिर्देशक राजयोगिनी दुर्गा दिदीले चौतर्फी तनाबले ग्रस्त मानवमनका लागि केन्द्र एउटा चेतनारुपी ‘चार्जर’को रुपमा रहेको विश्वास व्यक्त गरे।

संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा शिलाअनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार