कोरोना भाइरसबाट एक अमेरिकी नागरिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ७ सय २५ पुग्यो

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार प्रवास

काठमाडौं । चीनबाट फैलिएको घातक कोरोना भाइरसबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ।

बेइजिङ स्थित अमेरिकी दुतावासका अनुसार ६० बर्षीय अमेरिकी नागरिकको चीनको वुहानको जिनिन्टन अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट मर्ने उनी पहिलो अमेरिकी नागरिक हुन्। अधिकारीहरूले मृतकको पहिचान भने खुलाएका छैनन्।

हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ सय २५ पुगेको छ । उक्त भाइरसबाट हालसम्म ३४ हजार ५ सय बढी मानिस संक्रमित भएका छन्।

शुक्रबार मात्रै चीनमा ८६ जनाको मृत्यु भएको र ४ हजार नयाँ बिरामी थपिएको चाइना डेलीले जनाएको छ ।

विश्वका २५ भन्दा बढि देशमा फैलिएको यो भाइरसका कारण यसअघि हङकङ र फिलिपिन्समा पनि एक एक जनाको ज्यान गएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार