टिकटकले कति कमाउला त ? जवाफ सुन्नुभयो भने पक्कै जिब्रो टोक्नुहुनेछ !

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार प्रविधि

लोकप्रिय भिडियो शेयरिङ एप टिकटक त तपाईंले प्रयोग गर्नुभएकै होला । तपाईमध्ये धेरैजसोको फोनमा यो एप्लिकेसन रहेको छ ।

नेपालमा पनि टिकटक निकै प्रचलित छ । टिकटककै कारण कतिपयले आफ्नो प्रतिभा निखार्ने मौका पाएका छन् भने कतिपयको समय बर्बाद पनि भइरहेको छ ।

टिकटकले कति कमाउला त ? यसको जवाफ सुन्नुभयो भने तपाईंले पक्कै जिब्रो टोक्नुहुने छ ।

टिकटकले सन् २०१९ को अन्तिम तीन महिनामा कम्पनीको इतिहासकै सबभन्दा बढी नाफा कमाएको छ ।

सूचना प्रविधि उद्योगको विश्लेषण गर्ने संस्था सेन्सरटावरका र्‍यान्डी नेल्सनले बताएअनुसार, टिकटकले पछिल्लो त्रैमासिकमा ८ करोड ७० लाख डलर नाफा कमाएको छ ।

एप स्टोर र गूगल प्लेलाई पैसा बुझाएपछि टिकटकले ६ करोड २० करोड खुद नाफा कमाएको हो ।

यो चीनबाहेक टिकटक चल्ने अन्य सबै मुलुकबाट आएको नाफा हो ।

सन् २०१८ को त्यही अवधिको नाफाका तुलनामा टिकटकले सन् २०१९ मा ५२१ प्रतिशत नाफा कमाएको नेल्सनले जानकारी दिए ।

सार्वजनिक गरिएको जम्मा दुई वर्षमा टिकटक अमेरिकामा सबभन्दा बढी डाउनलोड गरिने एप बन्यो । सन् २०१९ मा टिकटक ७५ करोडपटक डाउनलोड गरियो ।

टिकटकमा प्रयोगकर्ताहरूले साना संगीतबद्ध भिडियो रेकर्ड गरेर शेयर गर्न पाउँछन् ।

अघिल्लो साता अमेरिकी सेनाले सबै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाइने किनकि यो बनाउने कम्पनी बाइटडान्सले डेटा संकलन गरेर चिनियाँ सरकारलाई बुझाउने गरेको बताएको थियो ।

अनि गत अप्रिल महिनामा यौन दुराचारीहरूले नौ वर्षे बालबालिकालाई समेत यौनसम्बन्धी सन्देश पठाउन टिकटक दुरुपयोग गर्ने गरेको रिपोर्ट आएको थियो ।

एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार