गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयोगको लागी महापुराण सुरु

गणेश कुमार ठाकुर । भरतपुर चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको लागि सहयोगार्थ रकम संकलन गर्ने उदेश्यले लगाइएको महापुराण आजबाट सुरु भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ ।माघ १९ देखि २६ गतेसम्म प्रवीण पं . दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन् । साथमा यो अनुष्ठान आध्यात्मिक धनधान्यचल महोत्सवको रूपमा आयोजना गरिँदै छ ।
महापुराणको सुरु भएको र भक्त जनको सहभागिता उल्लासमय रहेको धुर्मुस सुन्तली फाउन्डेसनकी कुन्जना घिमिरे (सुन्तली)ले जानकारी दिएकी छिन् । धर्म, जात, भाषा, सम्प्रदाय र क्षेत्रीय भावनाभन्दा माथि उठेर एउटा देशको गौरव आयोजनामा सहयोग गर्ने उद्देश्यले यस धार्मिक महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
धनधान्य चलको माध्यमबाट एकमुष्ट सहयोग सङ्कलन गरी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सम्पन्न गर्न हातेमालोका लागि आयोजकले अपिल गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार