पत्याउनुहुन्छ ? पानीले होइन केवल ढुंगाले बनेको नदी !(हेर्नुहोस फोटो)

एजेन्सी । नदी भन्ने बित्तिकै कलकल बग्ने पानीको कल्पना गरिन्छ । तर रसियामा एउटा यस्तो नदी छ, जुन पानी होइन केवल ढुंगाले

बनेको छ ।


यस पत्थर नदीमा ढुंगाका टुक्राहरू टाढासम्म फैलिएका छन् कि त्यो नदी जस्तै लाग्दछ । तर टाढाबाट हेर्दा बगेको नदीको बगर जस्तै देखिने त्यहाँ पानीको कुनै अंश छैन । रुसको यो रहस्यमय ढुंगे नदी वैज्ञानिकहरूका लागि समेत खोजको विषय बनिरहेको छ ।

प्रकृतिको यो अद्भूत ठाउँलाई स्टोन रिभरको नामले चिनिन्छ । विशाल नदी सुकेर ढुगामात्र बाँकी रहेकोजस्तो देखिने यस क्षेत्रमा ६ किलोमिटरसम्म ढुंगै ढुंगा थुप्रिएका छन् । ढुंगेनदी २० मिटरदेखि ७ सय मिटरसम्म चौडा छ ।

ढुंगाको आकार स–सानादेखि १० टनसम्मका रहेका छन् । यहाँ त्यतिधेरै ढुंगाहरू कहाँबाट आएर थुप्रिएका होलान् र कसरी त्यसले एउटा नदीको धारजस्तै स्वरूप लिए होला ? यो प्रश्नको जवाफ अहिलेसम्म भेटिएको छैन ।

कतिपय वैज्ञानिकहरूले भने १० हजार वर्ष पहिले हिमनदी विस्फोट भएर बगेको पानीले ढुंगाहरू त्यसरी थुपारेको हुनसक्ने विश्वास गर्दछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार