इश्वरी अधिकारीलाई देशले चिन्यो तर गल्छीले चिनेन

उज्यालो प्रतिनिधि २३ पुष २०७६, बुधबार समाचार

लक्ष्मण तामाङ/धादिङ ।

गत वर्ष काठमाडौंस्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने ।

नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा ३.९२ जि.पि.ए. ल्याएकी थिइन् । त्यति मात्रै होइन, अधिकारीले कक्षा ११ मा पनि ए प्लस नै ल्याएकी थिइन् । इश्वरीको स्थायी घर गल्छी गाउँपालिका वडा न. ५ स्थित् सिर्वानी हो । यहाँस्थित् कार्कीडाँडा मा.वि.बाट एस.इ.इ.परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याएर उतिर्ण भएकी थिइन् ,जसमा उनले ३.४६ अर्थात् ८६५ ल्याएकी हुन् ।

तर, दुखको कुरा उनै इश्वरी आज पद्मकन्या क्याम्पसमा बि.बि.ए. पहिलो बर्षमा अध्ययन गरिरहेकी छिन् । निजि स्कुलबाट नेपाल टप गरेकी उनलाई फेरि नीजि क्याम्पसमै गएर पढ्ने मन नभएको होइन । उसो त, उनलाई पद्माकन्या पनि नराम्रो लागेको भने होइन । तर, आफूले रोजेको क्याम्पस भने यो होइन ।

आर्थिक अवस्थाको कारण बहिनीले सरकारी कलेज भर्ना गरिएको इश्वरीकी दिदि सबिना अधिकारी बताउँछिन् । ‘घरबाट पैसा पठाउन सक्ने अवस्था छैन, म आफैँ काम गर्छु, कोठा भाडा तिर्नुपर्छ, बहिनीको पढाइलाई असर हुन्छ भनी उसलाई केही काम गर्नुपर्दैन भनेको छु, सरकारीमा पढाएको छु ।’ उनले भनिन् ।

इश्वरीलाई अरुले नबुझेकोमा वा सहयोग नगरेकोमा कुनै पछुतो छैन, तर आफ्नै गाउँपालिका गल्छी नचिनेकोमा भने दुख लागेको छ । गल्छीकी छोरीले नेपाल टप गर्दा गर्व गर्नुपर्ने गल्छीले एउटा सम्मान र सहयोग गर्न नसक्नु शिक्षा क्षेत्रमा गाउँपालिका अझै बेखबर भएको महसुस भएको बताउँछन्, गल्छीका एक स्थानीय । गल्छी गाउँपालिकाले इश्वरीजस्ती प्रतिभालाई छात्रवृत्ति समेत प्रदान गरेन । अझ यसरी भनौँ, गल्छीले इश्वरीलाई चिनेन, उनलाई सुन्दै सुनेन ।

इश्वरीले मैले नेपाल टप गरेको छु, भनेर गाउँपालिका धाइरहने कुरा पनि भएन । उसो त, गाउँपालिकाले इश्वरी नेपाल टप भएको खबर नसुनेको पनि होइन होला । गाउँपालिकाका सम्बन्धित् निकायले उनको प्रतिभालाई सम्मान गर्दै गल्छीबाट उत्कृष्ट प्रतिभा निर्माण गर्न इश्वरीलाई छात्रवृत्ति दिएर सहयोग गर्नुपर्ने बताउँछन्, अर्का स्थानीय ।

तर, गल्छी गाउँपालिकाले न उनको प्रतिभालाई सम्मान गर्यो न छात्रवृत्ति नै दियो ।

https://www.ujyaalonetwork.com/%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a5%a7%e0%a5%a8%e0%a4%95%e0%a4%be-%e0%a4%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%a8/

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार