२२ पुष २०७६, मंगलवार

यसो गर्नाले तनाव हुनेछ चैट !

2.6kViews
1279 Shares

आजभोलिको व्यस्त जीवनशैलीका कारण विभिन्न प्रकारका रोगहरुले सजिल्यै मानिसको शरीरमा प्रवेश पाएको छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने जस्ता रोगहरु लाग्नु सामान्य नै जस्तो भइसक्यो ।

जति मानिस पैसामुखी, सफलतामुखी बन्न थाल्छन् तब उनीहरुको दैनिक जीवनयापन तनावपूर्ण हुन थाल्छ । जसले गर्दा पनि अनेक प्रकारका रोगहरुले सताउँन थाल्छ ।

तनावका पनि धेरै कारणहरु हुन्छन् । व्यक्तिगतदेखि कामको तनावदेखि जुन क्षेत्रमा मानिसहरु बढी लागि परेका हुन्छन् त्यहाँको तनावले मानिसहरुलाई आफ्नो ख्याल राख्ने समय नै निकाल्न सक्दैनन् । जसले अनेक प्रकारका रोगहरुले सजिल्यै शरीरमा ‘इन्ट्रि’ गर्छ ।

यो पनि पढ्नुहोस् ...  स्तन क्यान्सर बारे १० भ्रम,जसले मानिसको दिमागमा भ्रम फैलाइरहेको पाइन्छ !

अत्यधिक रिस उठ्नु पनि तनावकै कारण हुनसक्छ । जसले मानिसको स्वास्थ्यमा मात्र होइन व्यक्तिगत जीवनमा पनि थुप्रै असर पार्छ ।

तनाव लिने बानी भएका मानिसहरुले सजिल्यै त्यसबाट मुक्ति पाउँदैनन् । त्यसको लागि केही पहल आफैले पनि गर्न सकिन्छ ।

ध्यान गर्ने
ध्यान गर्दा दिमागमा हुने सबै नकारात्म र तनावपूर्ण विचारहरु हराउँन थाल्छन् । जब तपाईं तनाव महसुस गर्नुहुन्छ तब गहिरो सास लिनुहोस् र श्वासप्रश्वास गरेको समयमा केवल आफ्नो सासमा मात्रै ध्यान दिनुहोस् । यस्तो कार्य दिनमा २० मिनेट गर्नुस् त्यसले तपाईलाई स्वस्थ र तन्दुरुस्त मात्र होइन तनावबाट सधैँको लागि मुक्त गराउँछ ।

यो पनि पढ्नुहोस् ...  के कोरोना भाइरस दोहोर्याएर लाग्छ ?

बिहान छिटो उठ्नुस्
बिहान सबेरै उठ्नु निकै फाइदाजनक हुन्छ । तपाईं सुत्ने र उठ्ने समयको तालिका बनाउनुहोस् । सधैं एकै समयमा उठ्नुहोस् र एकै समयमा सुत्नुहोस् । यसो गर्दा शारीरिक स्वास्थ्यभन्दा पनि मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुनछ ।

यो पनि पढ्नुहोस् ...  सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने,थानकोट–नागढुङ्गा सडकमा ओभरटेक गरे कारवाही

दिनचर्या
सधैँ एकैप्रकारको दिनचर्या बनाउनुभयो भने तपाईंलाई आराम गर्ने समय पनि प्राप्त हुन्छ । सही दिनचर्याले कामको प्रक्रियामा पनि सहज भएपछि तनाव कम हुन्छ ।

ध्यान केन्द्रित गर्नुस्
सधैँ कडा मेहेनत गर्नुस् र आफ्नो काममा पूरा ध्यान दिनुहोस् । काममा ध्यान केन्द्रित गर्दा काम सजिल्यै सफल हुन्छ । जसले गर्दा तपाईंको तनाव कम हुन्छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार