१८ पुष २०७६, शुक्रबार

यूएईमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार सुरू

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ पुष २०७६, शुक्रबार फोटो समाचार
39Views
Shares

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली संघसंस्थाहरूले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्यले प्रचारप्रसार सुरूवात गरेका छन् । यूएईमा रहेको नेपालीहरूको पूरानो संस्था नेपाली समाज यूएईले ४ दर्जन भन्दा बढी संघसंस्थालाई समेटेर जनवरी १ तारिख शुक्रवार दुबई स्थित जाबिल पार्कमा भ्रमण वर्षको प्रचारप्रसार तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

यो पनि पढ्नुहोस् ...  पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

कार्यक्रममा बोल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेषबहादुर कार्कीले भ्रमण वर्ष सफल बनाउने काम नेपाल सरकारको मात्र नभएर विश्वभर रहेका आम नेपालीको समेत दायित्व रहेको बताउनुभयो । यूएईमा रहेका एक नेपालीले कम्तिमा २ जना पर्यटक नेपाल भित्र्याउने पहल गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस् ...  कोभिड–१९ को प्रभाव : गोठमा भएका गाई भोकले ड्वाँड्वाँ गर्छ, न दाना छ, न दूधको बजार

कार्यक्रममा नेपाली समाजका अध्यक्ष गोविन्दप्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न आउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि आग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रसारलाई निरन्तरता दिनुपर्ने बताउँदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्धता जनाउनुभयो । ­ 

यो पनि पढ्नुहोस् ...  कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बिओपी स्थापना

कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि, गैर आवासीय नेपाली संघ (एनआरएन)का पदाधिकारीहरू, पर्यटक तथा व्यवसायी साथै उल्लेख मात्रामा सर्वसाधारण नेपालीहरूको उपस्थिति रहेको थियो भने भ्रमण वर्षको लोगो अंकित टिसर्ट, नेपाली टोपी, लगायतका प्रचार सामाग्री समेत वितरण गरिएको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार