१७ पुष २०७६, बिहीबार

हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ पुष २०७६, बिहीबार फोटो समाचार
39Views
Shares

सिन्धुली । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो ।

अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो ।

यो पनि पढ्नुहोस् ...  उजेली एस के केमिकल उद्योग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा ६ दिने तालिम सम्पन्न

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो ।

यो पनि पढ्नुहोस् ...  नागढुंगा सुरुङमार्ग निर्माण कार्य तीव्र गतिमा

छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।

बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस् ...  अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९३ हजार पार

बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले बताउनुभयो । रासस

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार