१७ पुष २०७६, बिहीबार

नक्कली लाइसेन्स बनाउने गिरोहले सशस्त्र प्रहरीको समेत परिचयपत्र बनाएको खुलासा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ पुष २०७६, बिहीबार फोटो समाचार
30Views
Shares

काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहले सशस्त्र प्रहरीको समेत परिचयपत्र बनाउने खुलेको छ ।

बल्खुमा रहेको आशिष फोटो स्टुडियोले परिचयपत्रको नमूना बनाउने र न्यूरोडमा रहेको फोटो कन्सर्नले त्यसको छपाइ गर्ने पाइएपछि महानगरीय अपराध महाशाखाले छ जनालाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट अर्घाचाँची,रुपन्देही र बाँकेका ३ जनाको निधन

काठमाडौंको सातदोबाटोमा दीपक ब्लोनको सवारीचालकको स्मार्ट लाइसेन्सनै नक्कली पाइएपछि प्रहरीले सुरु गरेको अनुसन्धानबाट बल्खुमा रहेको आशिष फोटो स्टूडियो र न्यूरोडको फोटो कन्सर्न तानिएका हुन् ।

प्रहरीलाई दीपकले आफूले ३० हजार रुपिया खर्चिएर बुद्धिबहादुर रोक्काले स्मार्ट लाइसेन्स बनाइदिएको बयान दिएका थिए । उनको बयानको आधारमा बल्खुमा रहेको आशिष फोटो स्टूडियोमा प्रहरीले छापा मारेको थियो । प्रहरीले सो फोटो स्टूडियोका संचालक सुवास भन्ने बुद्धिबहादुर रोक्कालाई पक्राउ गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

यो पनि पढ्नुहोस् ...  यूएईमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार सुरू

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार