‘मुन्द्रेको कमेडी क्लब’ले गरे राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख १ हजार १ सय ११ रुपैया सहयोग

उज्यालो प्रतिनिधि १५ पुष २०७६, मंगलवार फोटो समाचार

काठमाण्डौ । ‘मुन्द्रेको कमेडी क्लब’ले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख १ हजार १ सय ११ रुपैया सहयोग प्रदान गरेको छ । देश तथा बिदेशबाट महाबिर पुनलाई सहयोग गर्ने क्रम जारी रहेको छ ।

पुनले आफ्नो सामाजिक सञ्जालमार्फत धन्यबाद ज्ञापन गर्दै ‘कसैले हामीलाई नराम्रो भन्दैमा हामीले यो अभियान पटक्कै छोडीने छैन ।’ उनले भने ।

हेर्नुहोस उनको स्टाटस

आज मुन्द्रेको कमेडी क्लबको शुटिंगमा मैले भनेको कुरा र सो क्लबले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैया) दान गरेको कुरा:

कतिपय जान्ने सुन्ने व्यक्तिहरुको लागी राष्ट्रियआविष्कार केन्द्र पनि एउटा कमेडी क्लब जस्तो नै भएको छ. किन भने उनीहरुले केन्द्रमा हाम्रा प्रतिभाशाली भाइ बहिनीहरुले हाल गर्न प्रयास गरि रहेको अनुसन्धान तथा बिकासको कामलाई यस्तो पनि अनुसन्धान हुन्छ भनेर हाँसी रहेका छन्. ति कुरा नबुझेकाहरुले के भनि रहेकाछन भने चाईना, जापान र अरु विदेशीले बनाएको जस्तो चिजहरु नेपालमा बनाउनै सकिंदैन र यदि बनि हाले पनि महँगो हुन्छ रे. यस्तो भन्नेहरुको लागी राष्ट्रिय आविष्कार केन्द्र एउटा कमेडी क्लब नै हो. तर कसैले त्यसो भन्यो भन्दैमा हामीले यो अभियान पटक्कै छोडीने छैन. साथै त्यसो भन्नेहरु संग दुख मान्नु पर्ने र रीसाउनु पर्ने कारण नै छैन. बरु हामीलाई बिश्वास नगरेर त्यसो भन्दा हामी लाई झनै जोस आउँछ. लौ त सबै मिलेर अघि बढौं. साथै आजको मुन्द्रे कमेडी क्लबमा म सहित भएको कमेडी कार्यक्रम आगामी हप्ता तिर हेर्न नभुल्नु होला किन भने म पनि अलि अलि कमेडियन भएको छु. धन्यबाद्.

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार