मन्त्री नेम्बाङद्धारा कलङ्की–नागढुंगा सडकको अनुगमन

काठमाण्डौ १३ पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढूंगा सडक खण्डको अनुगमन गर्नु भएको छ । शनिबार यस खण्डको स्थलगत निरिक्षण गर्नु भएको हो । मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाउनु भएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आउनु भएको छ ।


नागढुंगा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै अनुगमन निस्किनु भएको हो । अनुगमनमा काठमाण्डौ क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी रहनु भएको थियो ।


स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाण्डौ सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमूखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देनशन दिनु भयो । मन्त्री नेम्बाङको सक्रियतामा चाबहिल गौशला सडक खण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ । चावहिल गौशला सडक खण्ड मर्मत भन्दा पनि पुरै निर्माण गर्नु पर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । छ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार