५ पुष २०७६, शनिबार

अपराध अनुसन्धानबारे छलफल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७६, शनिबार समाचार

काठमाडौं । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ ।

शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको हो ।

कार्यक्रममा मुलुकको अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, सरकारी मुद्दाको प्रभावकारिताका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयास, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकताको विषयमा छलफल हुनेछ ।

अपराध अनुुसन्धानमा मेडिको लिगल र विधि विज्ञानको भूमिका र सुधारका क्षेत्र, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय र सहकार्य, गोपनीयताको अधिकार र अपराध अनुसन्धान सङ्कलनमा प्रविधिको प्रयोग र अभिलेखमा पहुँचबारे छलफल हुने नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

यस्तै, वन तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा गर्नुपर्ने सुधार, अपराध अनुसन्धानमा अन्तरदेशीय समन्वय, सरकारी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण सङ्कलन एवं परीक्षणको अवस्थाबारे छलफल हुनेछ ।

आइतबारसम्म चल्ने सम्मेलनमा शनिबार छ र आइतबार छ समूह बनाएर छलफल तथा कार्यपत्र प्रस्तुत गरिनेछ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादकीय

सबै

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

नेपालको संविधानमा रुपष्ट भनिएको छ,–निर्वाचित प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाइने । संसदबाट अर्को सरकार बन्ने अवस्था रहेसम्म संसद

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार