लोकसेवा आयोगले खुलायो १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन

२५ मंसिर २०७६, बुधबार ०७:३० मा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदपूर्ति तथा बढुवाका लागि बिज्ञापन खुलाएको छ । आयोगले बुधबार १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको हो ।

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि जागिर खुला गरेको आयोगले जनाएको छ ।

जसमा सामान्य प्रशासन सेवातर्फ ५६०, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार