सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिएन

२५ मंसिर २०७६, बुधबार ०७:१२ मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कुटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो ।

सो पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार