धुर्मुस सुन्तलि फाउण्डेसनलाई विद्यालयको २ लाख सहयोग(फोटोफिचर)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० मंसिर २०७६, शुक्रबार फोटो समाचार

चितवन र नारायणगढमा भएको अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमी हात पारेको छ ।
लिटिल फ्लावर स्कुल नारायणगढले आयोजना गरेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा नगद पुरस्कारसहित ओमशान्ती एकाडेमीले उपाधि जितेको हो ।

चितवन, नवलपरासी, तनहु, रुपन्देही, गोरखाका गरी ४० विद्यालयका बालबालिकाहरु प्रतियोगितमा सहभागी भएका थिए । नृत्य प्रतियोगितामा एसओएस बालग्राम भरतपुर दोस्रो र बालकुमारी इङलिस स्कुल नारायणगढ तेस्रो भएको विद्यालयका स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिनु भयो ।

प्रथम हुनेले ३० हजार नगद, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद र ट्रफी पाएका छन् । सहभागी विद्यालयलाई सम्मान पत्र दिइएको छ । विद्यालय बिच हुने यस्ता प्रतियोगिताले आन्तरिक प्रतिभाको उजागर गर्ने आयोजक विद्यालय लिटिल फ्लावर स्कुल नारायणगढका प्राचार्य रविले बताउनु भयो ।

 


नृत्यु प्रतियोगितामा राष्ट्रियता, नेपाली कला सस्कृति, नेपाली भेषभुसा, महिला अधिकार, हिंसा, नेपाली भूमि अतिक्रमणमा परेको अवस्थालगायतको विषयलाई समेटेर प्रतुती गरिएको थियो । नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा लिटिल फ्लावर स्कुल गोरखपुरका फादर लोनी केलेली, गायिका तारा थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवहारलाल प्रधानले मन्तव्य राख्नु भएको थियो ।

धुर्रमुस लाई चितवनमा रेड कार्पेट, रंगशाला निर्माणको लागी विद्यालयको २ लाख सहयोग

हाँस्य कलाकार धुर्रमुस (सिताराम कट्टेल) लाई चितवनमा रेडकार्रपेट सहितको सम्मान गरिएको छ । चितवनको नारायणघढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगीताको उद्घाटन सत्रमा कलाकार धुर्रमुसलाई रेडकार्पेट सहित सम्मान गरिएको छ ।


चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशालाल निर्माणमा लागीपरेका कलाकार धुर्रमुस सुन्तलि फाउण्डेशनलाई लिटिल फ्लावर विद्यालयका विद्यार्थि भाई बहिनी, शिक्षक परिवारबाट संकलित रकम रु २ लाख नगद सहयोग उपलब्ध गराईएको विद्य्यालयका प्रिन्सिपल रोवि के.यु ले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार