१३ औ साग पुरुष फुटबल : नेपाल र श्रीलङ्का बराबरीमा रोकियो

१८ मंसिर २०७६, बुधबार १३:२३ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुट्बल नेपाल र श्रीलंकाबिच दशरथ रङगशालामा जारी खेल बराबरीमा रोकिएको छ ।

१ – १ गोलमा रोकिएको उक्त खेलको ३३ औ मिनेटमा नेपालले पाएको पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो भने अन्तिम समयमा फृ किकमार्फत श्रीलंकाले गोल फर्काएको हो ।

मङगलबार नेपालले भुटानसङ्ग ४ गोल अन्तरले विजयी हासिल पछी अहिले नेपाल – श्रीलङकाबिच खेल भएको हो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार