पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

उज्यालो प्रतिनिधि २० जेष्ठ २०८३, बुधबार समाचार

सुरुङ्गा (झापा), नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका–४ स्थित एक घरबाट पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिए ।

सोही क्रममा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।

यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शङ्का लागेपछि मङ्गलबार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा दमक नगरपालिका–१० निवासी ३२ वर्षीय सुरज रायको साथबाट छ ग्राम एक मिलीग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट पनि प्रहरीले आठ ग्राम ७० मिलीग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार