२७ कार्तिक २०७६, बुधबार

बङ्गलादेशका राष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ कार्तिक २०७६, बुधबार फोटो समाचार
24Views
Shares

काठमाडौँ, २७ कात्तिक।बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज शिष्टाचार भेट गर्नुभएको छ। चार दिने नेपाल भ्रमणमा रहनुभएका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताउनुभयो।
राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गर्नुभयो।
त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदन(प्रदान गर्नुपर्ने बताउँदै उहाँले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गर्नुभयो।

यो पनि पढ्नुहोस् ...  सशस्त्र प्रहरी बलको टोलीद्वारा विओपी स्थापना गरिने गागा क्षेत्रको स्थलगत अनुगमन

उहाँले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई बृद्धि गर्न सकिने धारणा राख्नुभयो।
एक अर्को प्रशंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो पनि पढ्नुहोस् ...  कमला नदीमा पानिको सतह बढेपछि स्थानीयलाई सर्तकता अपनाउन आग्रह

 

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताउनुभयो। उहाँले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले नेपाल राजनीतिक मुद्दा समधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बङ्गलादेशको सहयोगको अपेक्षा गर्नुभयो।
ूदुई देशबीच अहिले व्यापार घाटा रहेको छ। यसलाई कम गर्नका लागि जलविद्युत र पर्यटनका क्षेत्रको सहकार्य बढाउनुपर्छ,ू उहाँले भन्नुभयो, ूजलविद्युत उत्पादन, ग्रिड जडान र विद्युत प्रवाहमा सहकार्य गर्दा दुबै देशलाई फाइदा पुग्छ ।

यो पनि पढ्नुहोस् ...  अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउछ : रक्षामन्त्री

अध्यक्ष तिमिल्सिनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलता लागि बङ्गलादेशी जनातालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्ता गर्नुभयो।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले दुई देशको जनस्तर र संसदीय सम्बन्ध अभिवृद्धी गर्नुपर्ने धारणा राख्दै भ्रमण तथा अनुभव आदान(प्रदान हुनुपर्ने बताउनुभयो।यसका लागि दुई देशका संसदीय मैत्री समूहले भूमिका खेल्ने जानकारी गराउनुभयो।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार