फेसबुक अकाउन्ट डिलीट गर्न अपील

उज्यालो प्रतिनिधि २७ कार्तिक २०७६, बुधबार प्रविधि

काठमाडौँ । फेसबुकको गोपनीयता र एन्क्रिप्शन माथि प्रश्न गर्दै कम्प्यूटर प्रोग्रामर र व्हाट्सएपको सह संस्थापक ब्रायन एक्टनले कम्पनीको सीईओ मार्क जुकरबर्गको बारेमा बिचार राखेका छन् । उनले यूजर्सलाई फेसबुक अकाउन्ट डिलीट गर्न अपील गरेका छन् ।

adad
नवप्रवर्तनक खोजि र कम्प्यूटरको नयाँ भविष्यको लागि सान् फ्रान्सिस्कोमा आयोजित वायर्ड २५ को शिखर सम्मेलनको क्रममा ब्रायन एक्टनले भनेका छन्,” यदि प्रयोगकर्ताहरु फेसबुकमा विज्ञापनको अत्याधिक फ्लोसंग खुशी हुन्छन् भने फेसबुक चलाउन सक्छन् ।”
यूजर प्राइभेसीको हस्तक्षेपको विषयलाई लिएर फेसबुक अहिले कठोर जाँचको सामना गरिरेको छ । एक्टन आफ्नो फेसबुक छोड्ने निर्णयमा अडिग छन् ।

मार्चमा उनले स्टेनफोर्ड यूनिभर्सिटीको विद्यार्थीलाई फेसबुक खाता डिलीट गर्न भन्दै फेसबुकबाट आफ्नो मतभेद सार्वजनिक रूपमा स्वीकार गरेका थिए । उनले जुकरबर्गलाई आफ्नो व्हाट्सएप बेच्नुको कारण पनि स्पष्ट गरेका थिए ।

“आखिर मैले आफ्नो कम्पनी बेचीदिए । मैले आफ्नो यूजर्सको प्राइभेसीलाई बेंचे । मैले त्यस्तो गरे र आफै एउटा समझौता गरे । म यो गल्तिको पश्चातापमा प्रति दिन बाँचीरहेको छु ।” -ब्रायन एक्टन, व्हाट्सएप सह संस्थापक ब्रायन एक्टनले जेन कोमसँग मिलेर व्हाट्सएपको शुरूआत गरेका थिए तर सन् २०१४ मा फेसबुकले २२ अरब डलरमा यसको स्वामित्व लिएको थियो ।

तर पछि व्हाट्सएपले पैसाको कारण फेसबुकसँग सहकार्य छोडेको थियो र फेसबुकको साथ छोड्दै ८५ अरब डलरको राशि पनि हातबाट उम्कियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार