खेलाडीहरुको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०८२, सोमबार खेल

काठमाडौँ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित एन्फा केन्द्रीय कार्यालयमा भएको तालाबन्दीका कारण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै तत्काल तालाबन्दी खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

नेपाल फुटबल खेलाडी सङ्घले विभिन्न माग राखी आइतबार तालाबन्दी गरेको थियो । सङ्घका अनुसार केही खेलाडीहरूले तलब, भत्ता, पुरस्कार रकम, प्रतियोगिता तथा खेलाडी कल्याण कोषसम्बन्धी माग राख्दै तालाबन्दी गरेका हुन् ।

एन्फाले भने खेलाडीहरूको माग सम्बन्धित नियम तथा प्रक्रियाअनुसार समाधान गर्ने प्रयास भइरहेको बताएको छ ।

विज्ञप्तिमा ए डिभिजन क्लबका खेलाडीहरू राष्ट्रिय टोलीमा सहभागी हुँदा पाउने भत्ता र सेवा–सुविधासम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको जनाइएको छ ।

एन्फाले पुरस्कार रकम तथा अन्य भुक्तानी नियमअनुसार क्रमशः उपलब्ध गराइने बताउँदै तालाबन्दीका कारण फुटबल गतिविधिमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले सम्बन्धित पक्षलाई संवादमार्फत समस्या समाधान गर्न आग्रहसमेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार