कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विना मगरले चुनाव जित्ने निश्चित देखिएको छ ।उज्यालो नेटवर्कले क्षेत्र नम्बर १ का विभिन्न बुथमा गरेको सर्वेक्षण अनुसार मगरले करिब ४३ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ।
सर्वेक्षणमा नेकपा (एमाले)का उम्मेदवार तारा बहादुर लामा बिना मगरका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। तर अन्य उम्मेदवारहरूबीच मत विभाजित हुने देखिएकाले मगरलाई स्पष्ट अग्रता मिल्ने र जित सुनिश्चित हुने छ । यद्यपि यो उज्यालो नेटवर्कको प्रारम्भिक प्रक्षेपण मात्रै हो ।
कञ्चनपुर–१ मा मतदातामाझ गरिएको अध्ययनले मगरप्रति बलियो समर्थन देखिएको र बाँकी मत अन्य दल तथा उम्मेदवारहरूमा बाँडिने संकेत गरेको छ। यसका कारण यस क्षेत्रबाट विना मगरको जित लगभग निश्चित भएको सर्वेक्षणको निष्कर्ष छ।






