सिरहा–३ मा जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ, नगद र नमुना मतपत्रसहित नियन्त्रणमा

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८२, बुधबार समाचार

रामनारायण ठाकुर
सिरहा, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का सिरहा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव नगद र नमुना मतपत्रसहित पक्राउ परेका छन् । मौन अवधिका बेला भएको उक्त घटनाले सिरहा–३ को चुनावी माहोल थप तातेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति सिरहा नगरपालिका–१ शिवचोकस्थित संयुक्त चेकिङका क्रममा माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडी रोकी जाँच गरिएको थियो । प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले चेकजाँच गर्दा गाडीभित्र जसपा पार्टीका ५५ थान नमुना मतपत्र र नगद ४ लाख ८७ हजार रुपैयाँ फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा सवार सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ५४ वर्षीय अशेश्वर यादव (सिरहा–३ का जसपा उम्मेदवार) सहित सोही स्थानका ३२ वर्षीय श्याम कुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय वीरेन्द्र कुमार यादव तथा नरहा गाउँपालिका–३ बस्ने २८ वर्षीय चालक जितेन्द्रकुमार महतो लाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बहादुर पालका अनुसार नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ । बरामद नगद तथा सामग्रीबारे थप कानुनी प्रक्रिया अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार