ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्युु

उज्यालो प्रतिनिधि २९ माघ २०८२, बुधबार समाचार

काठमाडौँ, काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएको र उनको उपचारका क्रममा आज मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

उनका का अनुसार मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा रोशना घाइते भएकी र उपचारको क्रममा निजको मृत्यु भएको हो । दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडि सवार थिइन् । करिब २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मूलपानीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार